अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बन्द गर्नुपर्छ भन्ने मस्कको भनाइमा यसो भन्छिन् सुनिता

वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका दुई अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र अर्का एक सहयात्री लामो समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा छन् । आठ दिनका लागि भनेर जुनको सुरुमा आईएसएसमा गएका सुनिता र बुच विलमोर अब केही हप्तामा पृथ्वीमा फर्किँदै छन् ।
यसैबिच आईएसएसलाई बन्द गर्नु पर्छ भनेर अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सका सीईओ एलन मस्कले दिएको अभिव्यक्तिमा सुनिताले प्रतिक्रिया दिएकी छिन् ।
हालै एक अनलाइन पत्रकार सम्मेलनको क्रममा सुनिता विलियम्सलाई आईएसएसबारे मस्क अभिव्यक्तिबारे प्रश्न गरिएको थियो । मस्कले २०३० सम्म आईएसएसलाई सञ्चालनमा राख्नु आवश्यक नभएको बताएका थिए । बरु यसलाई पहिले नै बन्द गर्नु पर्ने उनको भनाइ थियो ।
जवाफमा सुनिताले भनिन्, ‘यहाँ निरन्तर अनुसन्धान भइरहेको छ । यो स्टेशन पूर्ण रूपमा सक्रिय छ र उत्कृष्ट रूपमा काम पनि गरिरहेको छ । हामी हाम्रो प्राइम टाइममा छौं । अहिले आईएसएसलाई रोक्ने समय होइन ।’ सुनिताको यस भनाइबाट आईएसएसलाई चाँडै सेवानिवृत्त गरिनुपर्छ भन्ने मस्कको भनाइको पक्षमा उनी नरहेको स्पष्ट हुन्छ ।
घर फर्कन उत्सुक छिन् सुनिता
अन्तरिक्षमा सबैभन्दा गाह्रो काम भनेको लामो समयसम्म परिवारबाट टाढा रहनु भएको पत्रकारहरूसँग बोल्ने क्रममा सुनिताले भनिन् । ‘म मेरा ल्याब्राडोर कुकुरहरूलाई भेट्न उत्सुकतापूर्वक पर्खिरहेको छुँ । यो पर्खाइ हाम्रो लागि जति गाह्रो छ, हाम्रो परिवारको लागि पनि त्यति नै गाह्रो छ ।’ उनले भनिन् । यो क्षण उनको लागि भावनात्मक रोलर कोस्टर भएको उनको भनाइ छ । आईएसएसमा अनियोजित रूपमा लामो बसाइ भए पनि, अन्तरिक्षमा बिताएको हरेक दिन अत्यन्तै रोमाञ्चक रहेको उनले भनेकी छिन् ।
कहिले आउनेछिन् धर्तीमा ?
विल्मोर र विलियम्स गत वर्षको जुनको शुरुतिर बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा चढेर आईएसएस गएका थिए । कयौं वर्षसम्म पोष्टपोन गरेपछि बोइङको सो विमान चालक दल बोकेर अन्तरिक्षमा गएको थियो । तर पुग्ने बित्तिकै विमानको थ्रष्टरदेखि अरू केही समस्या भएको थाहा भयो । सोही यानमा सुनिता र बुचलाई फर्काउन सुरक्षित नठानेपछि नासाले केही महिनापछि उक्त यान रित्तै पृथ्वीमा फर्कायो ।
नासाको पछिल्लो घोषणाअनुसार मार्च १२ मा नयाँ स्पेसएक्स क्याप्सुल आईएसएस जाँदैछ । यो यानमा आईएसएसमा विलियम्स र बुचको ठाउँ लिने अरू दुई अन्तरिक्षयात्री जानेछन् । उनीहरू पुगेपछि दुबैलाई पृथ्वीमा फर्काइनेछ । नासाका अनुसार यहाँबाट जाने नयाँ टोली सुनिताहरूको साथमा एक हप्ता बस्नेछन् । अनि सुनिता र बुचलाई धर्तीमा फर्काइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन