कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताएका हुन् ।
उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्राचार गर्दा कुलमानले आफैलाई नम्बर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे ।
मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानुनभन्दा माथि कोही हुन नसक्ने धारणा राख्नुभयो ।
आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भए पनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए । उनले प्राधिकरणले उठाउन नसकेको बक्यौतालाई आधार मानेर नाफा देखाएको तर्क गर्नुभयो ।
प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको आरोप लगाए। मन्त्री खड्काले प्रक्रिया नै पुरा नगरी भारतसँग विद्धुत खरिदको सम्झौता गरेको जिकिर गरे ।
उनले कुलमानका कारण नभई भारतबाट सहजरुपमा विद्युत् आपूर्तिका साथै मुलुकमा विद्युत आयोजनाबाट थप विद्युत् उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण