राष्ट्रियसभा बैठक
राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत
बिहीबार, २२ फागुन २०८१, १७ : १७

काठमाडौँ । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेस भएका ती अध्यादेशहरु बहुमतले स्वीकृत भएका हुन् ।
यसअघि बुधबार प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बुधबारको बसेको राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् हनुमानढोकाको हरिबिजोग
-
नेपालमा मनसुन र बाढीको जोखिम : जलवायु कूटनीति र अन्तर्देशीय सूचना प्रणालीको आवश्यकता
-
‘कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
उथलपुथलको वर्ष बन्ला २०८४ ?
-
‘सरकारको सोच निजी क्षेत्रमाथि दमन गर्ने, अघि बढ्न नदिने खालको देखियो’