अदालत
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
जनही ५ करोड ८० लाख जरिवाना
बिहीबार, २२ फागुन २०८१, २३ : ०२
काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेको कसुरमा दोषी ठहर गर्दै १३ महिना कैद सजाय र ५ करोड ८० लाख रुपैयाँ बिगो जरिवाना तिराउने फैसला गरेको हो ।
बिहीबार न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित पूर्व अध्यक्षहरू झा, खनाल र न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई १ वर्ष कैद सजाय र दामासही रूपमा जनही ५ करोड ८० लाखका दरले कुल २३ करोड २० लाख रुपैयाँ बिगो जरिवाना भराउने फैसला गरेको हो ।
झा र खनाल संस्थाको प्रमुख भएको हुँदा थप एक महिना कैद सजाय हुने ठहर अदालतले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण