स्रोत नखुलेको २८ लाख ९० हजार सहित कपिलवस्तुबाट चार जना पक्राउ
शुक्रबार, २३ फागुन २०८१, १३ : १९
काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ स्थित जितपुरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट २८ लाख ९० हजार बरामद गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भएका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ घर भएका सोमनाथ कसौधन, रुपन्देही घर भएका वसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ बस्ने शेषनारायण गिरी छन् ।
जितपुरमा सञ्चालित केसी फेन्सी स्टोरमा फेला परेका गोविन्द विकको साथबाट ९ लाख भारतीय रुपैयाँ भेटिएको थियो । सोमनाथ कसौधनको साथमा १४ लाख नेपाली रुपैयाँ फेला परेको एसपी भट्टले जानकारी दिए । अर्का दुई जना आरोपी उनीहरूसँगै रहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले आन्तरिक राजस्व कार्यालय रुपन्देहीमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण