उडिरहेको विमानमा जब एक महिला यात्री नग्न भइन्...

वासिंटन । अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ जाँदै गरेको साउथवेस्ट एयरलान्इसको एउटा विमानमा एक महिलाले आफ्नो कपडा खोलेर बबाल गरेकी छन् । करिब २५ मिनेटसम्म ती महिला नग्न अवस्थामै विमानमा होहल्ला गर्दै बसेको बताइएको छ ।
सोमबार विलियम पी हबी विमानस्थलबाट उडान भरेको केहीबेरमै यस्तो घटना भएको हो । महिलाले आपत्तिजनक व्यवहार प्रदर्शन गरेपछि उक्त विमानलाई फर्काइएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उडानको क्रममा ती महिलाले अचानक आफ्नो लुगा फुकालेपछि विमानमा रहेका अन्य यात्री चकित भएका थिए । सोही विमानमा रहेका एक यात्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विमान फर्काएर ह्युस्टनमा अवतरण गराइएको थियो । त्यसपछि ती महिलालाई ह्युस्टन प्रहरीले नियन्त्रणमा लिएर मेडिकल जाँचका लागि पठाएको थियो ।
साउथवेस्ट एयरलाइन्सले घटनाको बारेमा जानकारी दिन प्रकाशित गरेको विज्ञप्तिमा अन्य यात्रीलाई परेको असुविधाप्रति क्षमा मागेको छ । साथै यात्रीलाई उडान ढिलो भएकोमा ५० डलर क्षतिपूर्तिको प्रस्तावसमेत गरिएको छ ।
समाचार एजेन्सीहरूका अनुसार उडिरहेको विमानमा नग्न भएकी ती महिलाले विमानबाट ओर्लन बारम्बार माग गरिरहेकी थिइन् । उनले आफू ‘बाइपोलर डिसअर्डर’बाट पीडित भएको बताएकी थिइन् ।
उनले विमानको ककपिटमा जबरजस्ती प्रवेश गर्ने प्रयाससमेत गरेको बताइएको छ । उक्त घटनाको भिडियो क्लिपसमेत सार्वजनिक भएको छ, जसमा ती महिला चिच्याएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
-
पूर्व मुख्यसचिव गौतमको निधन
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध