उडिरहेको विमानमा जब एक महिला यात्री नग्न भइन्...
वासिंटन । अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ जाँदै गरेको साउथवेस्ट एयरलान्इसको एउटा विमानमा एक महिलाले आफ्नो कपडा खोलेर बबाल गरेकी छन् । करिब २५ मिनेटसम्म ती महिला नग्न अवस्थामै विमानमा होहल्ला गर्दै बसेको बताइएको छ ।
सोमबार विलियम पी हबी विमानस्थलबाट उडान भरेको केहीबेरमै यस्तो घटना भएको हो । महिलाले आपत्तिजनक व्यवहार प्रदर्शन गरेपछि उक्त विमानलाई फर्काइएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उडानको क्रममा ती महिलाले अचानक आफ्नो लुगा फुकालेपछि विमानमा रहेका अन्य यात्री चकित भएका थिए । सोही विमानमा रहेका एक यात्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विमान फर्काएर ह्युस्टनमा अवतरण गराइएको थियो । त्यसपछि ती महिलालाई ह्युस्टन प्रहरीले नियन्त्रणमा लिएर मेडिकल जाँचका लागि पठाएको थियो ।
साउथवेस्ट एयरलाइन्सले घटनाको बारेमा जानकारी दिन प्रकाशित गरेको विज्ञप्तिमा अन्य यात्रीलाई परेको असुविधाप्रति क्षमा मागेको छ । साथै यात्रीलाई उडान ढिलो भएकोमा ५० डलर क्षतिपूर्तिको प्रस्तावसमेत गरिएको छ ।
समाचार एजेन्सीहरूका अनुसार उडिरहेको विमानमा नग्न भएकी ती महिलाले विमानबाट ओर्लन बारम्बार माग गरिरहेकी थिइन् । उनले आफू ‘बाइपोलर डिसअर्डर’बाट पीडित भएको बताएकी थिइन् ।
उनले विमानको ककपिटमा जबरजस्ती प्रवेश गर्ने प्रयाससमेत गरेको बताइएको छ । उक्त घटनाको भिडियो क्लिपसमेत सार्वजनिक भएको छ, जसमा ती महिला चिच्याएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण