शनिबार जनमत पार्टीको सचिवालयको बैठक बस्ने
काठमाडौँ । फागुन २५ गतेदेखि बस्ने जनमत पार्टीको केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्न भोलि सचिवालयको बैठक बस्ने भएको छ ।
महोत्तरीको बर्दिबासमा सचिवालयको बैठक बसेर केन्द्रीय समितिको लागि एजेन्डा तय गर्ने जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले बताए । फागुन २५ गतदेखि सुरु हुने केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ । फागुन २७ गते प्रदेश समन्वय समिति, मधेस प्रदेशको बैठक पनि बस्ने बताइएको छ ।
केन्द्रीय समितिको बैठकमा सङ्गठन सम्बन्धी विषयमा विशेष छलफल हुने बताउँदै उपाध्यक्ष साहले हालै सम्पन्न भएको यु ट्वान्टी फोर अभियानको बारेमा पनि समीक्षा हुने बताए ।
जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सरकारको काम कारबाहीका बारेमा पनि बैठकले समीक्षा गर्ने बताइएको छ । रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताका लागि जनमत पार्टीको छलफल चलिरहेको छ । त्यसको विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।
ती दुई दल बिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुई जना अध्यक्षको बिचमा पटक–पटक छलफल भएको छ । छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ । सो विषयमा केन्द्रीय समितिको बैठकबाट जनमत पार्टी निष्कर्षमा पुग्ने बताइएको छ । उता, जनमत पार्टीसँग एकता गर्ने अन्तिम तयारीमा रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ भने त्यसबारे अनविज्ञता प्रकट गरेकी छन् ।
उनले एकीकरणका लागि कुनै पनि पार्टीसँग औपचारिक छलफल सुरु नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण