नेपालमा मल कारखाना स्थापनाका लागि बजेट विनियोजन भएको छैन : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखाना स्थापनाका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सदस्यहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारीले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए । उनले मल कारखाना स्थापनाका लागि ठुलो लगानी र पूर्वाधार आवश्यक पर्ने बताए । लगानी, पूर्वाधार विकास र बजार व्यवस्थापन लगायतका विषयमा सम्बन्धित निकाय तथा विदेशी संस्थामार्फत अध्ययन भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को बजेटमा बुँदा नम्बर ८९ मा स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी लगानीमा लगानी बोर्डमार्फत काम अघि बढाइने छ भनी उल्लेख थियो । तथापि ८१/८२ को बजेटमा यो सम्बन्धी विषय उल्लेख भएको छैन । साथै चालु आर्थिक वर्ष ०८१/८२ मा समेत मल कारखाना स्थापनाका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कुनै बजेट विनियोजन भएको छैन ।’
मन्त्री अधिकारीले २०७२ मा जाइकाले ७२ अर्ब लगानी गरी वार्षिक ७ लाख मेट्रिक टन मल उत्पादन हुने भन्ने पूर्व सम्भाव्यता अध्ययन गरिएको बताए । चालु आर्थिक वर्षमा ग्लोबल ग्रिन ग्रोथ इस्न्टिच्युट जिजिजी र काठमाडौँ विश्वविद्यालयले ग्रिन युरियाको कारखाना स्थापना गर्न सकिने सम्बन्धमा अध्ययन भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ