पूर्वराजालाई गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा हौसिन आवश्यक छैन
सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ लेखकले भने, ‘त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’
जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास पनि नगर्न लेखले आग्रह गरे ।
उनले थपे, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतया: आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदास छ, कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’ यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजलाई चेतावनी दिए ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कन लागेको विषयमा सुरक्षा व्यवस्था कस्तो छ ? भन्ने पत्रकारको प्रश्नमा लेखले सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण