१८ वर्षपछि शाहिद र करिनाले एक अर्कालाई गरे अंकमाल
नयाँ दिल्ली । कुनै बेला बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री करीना कपूरको अन–स्क्रिन जोडीलाई निकै मन पराइन्थ्यो । ‘जब वी मेट’को शूटिङको समयमा उनीहरूको प्रेम केमेस्ट्रीको धेरै प्रशंसा भएको थियो । त्यति नै बेला उनीहरूको डेटिङको खबर पनि आयो । दुवैले बिहे गर्ने कुरा पनि सुनिएको थियो ।
तर पछि उनीहरू दुवैको ब्रेकअप भयो । वर्षौ पछि दुवै जना एक साथ देखिएका छन् । यस पटक दुवैले एक अर्कालाई अँगालो पनि हाले । पिंक सिटीमा भइरहेको आईफा कार्यक्रममा करीना कपूर र शाहिद कपूर फेरि एकसाथ देखिएका थिए ।
अवार्ड नाइट अघि आयोजित पत्रकार भेटघाटमा बलिउड स्टार शाहिद कपूर र करिना कपूर रमाइरहेको देखियो । पछि उनीहरूले एक अर्कालाई अँगालो पनि हाले । यसैबिच, उनीहरू दुवै जना केही पाहुनाहरूलाई सम्मान गर्न त्यहाँ गएका थिए । उनीहरूसँग मञ्चमा फिल्म निर्माता करण जोहर र अभिनेता कार्तिक आर्यन पनि थिए, जसले पुरस्कार समारोह सञ्चालन गरिरहेका थिए ।
शाहिद र करिनाले २००७ मा इम्तियाज अलीको निर्देशनमा बनेको जब वी मेटमा काम गरेका थिए । फिल्ममा करिनाले गीत नाम गरेकी चुलबुले केटीको भूमिका निभाएकी थिइन् भने शाहिद आदित्यको भूमिकामा देखिएका थिए । त्यसबेलादेखि, दुबैलाई धेरै मन पराइयो ।
ब्रेकअप पछि दुवैलाई अन्तिम पटक २०१६ मा आएको फिल्म उडता पन्जाबमा देखिएको थियो । फिल्ममा दुवैले स्क्रिन शेयर गरेका थिएनन् ।
तर फिल्मको प्रमोशनको क्रममा एक कार्यक्रममा दुवै सँगै देखिएका थिए । अन्तिम पटक २०२४ को डिसेम्बरमा आफ्ना बच्चाहरूको स्कुल कार्यक्रममा दुवै एकै साथ स्टेजमा देखिएका थिए । करिना र शाहिद प्रेम सम्बन्ध २००७ तिरै समाप्त भएको बताइन्छ ।
करिनासँग छुटेपछि शाहिदले मीरा राजपूतसँग विवाह गरे । यो जोडीको एक छोरा र एक छोरी छिन् । करिनाले सैफ अली खानसँग विवाह गरिन् । दुबैका दुई छोराहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण