दशौँ राष्ट्रिय खेलकुद : स्थापना गरियो मूल आयोजक समितिको सचिवालय
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बिच वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालामा सचिवालयको उद्घाटन गरिएको हो ।
कार्यक्रममा मूल आयोजक समिति संयोजक समेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलगायत उपस्थित थिए ।
प्रदेशकै सचिवालय उद्घाटन भएपछि तेस्रो पटक तोकिएको मिति (०८२ जेठ ३ देखि १०) मा प्रतियोगिता हुने विश्वास बढेको देखिन्छ । खेलकुद मन्त्री चौधरीले तोकिएकै समयमा प्रतियोगिता हुने बताए । ‘अब हामी पूर्णरुपमा प्रतियोगिताको तयारीमा लागिसक्यौँ,’ उनले भने, ‘अब कुनै पनि बहानाबाजी हुँदैन । तपाईँहरूले नाइँ नभन्नुहोला ।’
खरिद प्रक्रियाहरू अगाडि बढिसकेको भन्दै उनले अब तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने विश्वास दिलाए ।
मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना हुनु कर्णालीको लागि एउटा अवसर भएको बताए ।
साथै जेठको महिना सुर्खेतमा प्रतियोगिता आयोजना गर्न निकै चुनौती हुने पनि उनले बताए । ‘चुनौतीका बाबजुद प्रतियोगिता आयोजना गर्न सकिन्छ र गर्दैछौँ भन्ने कुराको जनमत सृजना आयोजकहरूसँगै कर्णालीवासीले गर्नुपर्छ,’ उनले भने, ‘राखेप र खेलकुदमन्त्रीले अलमल गर्नु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण