मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
काठमाडौँ । काठमाडौँमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-९ निर्दिम घर भई हाल जिल्ला ललितपुर बालकुमारी बस्ने २० वर्षीय विराट पंज्ञानी रहेका छन् ।
आइतबार अपराह्न करिब ३ बजेको समयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित सडक खण्डमा पंज्ञानीले शंकास्पद रुपले चलाइरहेको प्रदेश ३-०२-०३० प १७ २७ नम्बरको सेतो रङको २०० सीसीको एन एस पल्सर मोटरसाइकललाई फेला पारी चेकजाँच गरेको थियो ।
प्रारम्भिक अनुसन्धान गर्दा गत फागुन १ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.२० छावहाल नटोल स्थित सडक खण्डबाट हराएको बागमती प्रदेश ०२-०३५ प २६ ३९ खुल्न आएको थियो । त्यस सम्बन्धमा सो मोटरसाइकल खोजतलास गरीपाँउ भनी जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ०७ बस्ने शिवाक्ष राईले यस ट्राफिक प्रहरी कार्यालयमा हुलिया सहितको निबेदन दिएका थिए ।
पंज्ञानीलाई कानुन बमोजिम नियन्त्रणमा लिई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण