मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
मुम्बई । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’मा नेपालकी प्रतिभाशाली गायिका मिलन नेवार लाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ले सम्मानित गरिएको छ। संगीत क्षेत्रमा उनले नेपाल र भारतमा पुर्याएको उत्कृष्ट योगदानको लागि यो सम्मान प्रदान गरिएको हो।
सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित यस भव्य कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ लगायत अन्य प्रतिष्ठित सम्मानहरू प्रदान गरियो। कार्यक्रममा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वावलम्बन जस्ता विषयहरूमा गम्भीर छलफल समेत भएको थियो।
नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित मिलन नेवारले आफ्नो सम्मानलाई नेपाली संगीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएकी छिन्। उनले यो सम्मान आफ्नो लागि मात्र नभएर सम्पूर्ण नेपाल देशकै लागि भएको महसुस गरेको बताउँदै सबै नेपाली र नेपाली संगीत क्षेत्रका महिलाहरूको सम्मान भएको हिसाबमा आफूले लिएको भन्दै धन्यवाद दिइन्।
उनले यो सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने काम गरेकोमा खुसी व्यक्त गरिन्। साथै, यो सम्मान आफ्नो सांगीतिक जीवनको एउटा महत्त्वपूर्ण उपलब्धि भएकोमा गर्व लागेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण