प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल सहभागी नहुने
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) ले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।
विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् ।
यसअघि हिंजो (आइतबार) बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको अहिलेकै अवस्था रहे आफूहरूले प्रधानमन्त्रीको सम्बोधनमा बस्न बाध्य नहुने चेतावनी दिएका थिए । उनले विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण