वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्ती नियुक्त
सोमबार, २६ फागुन २०८१, ११ : ५७

काठमाडौँ । गैरआवासीय नेपालीहरुको लगानी रहेको वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बीएन घर्ती नियुक्त भएका छन् ।
वेस्ट फाइनान्समा गैरआवासीय नेपाली अभियन्ताहरू आरके शर्मा, रोविन्द श्रेष्ठ गोविन्दलगायतको लगानी रहेको छ ।
११ वर्ष अगाडि घर्ती तत्कालीन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए । पछिल्लो समय भने उनी बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए ।
व्यवस्थापनमा एमबीए गरेका घर्तीले पछिल्लो समय पीएचडी समेत गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै