सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मानिस जागिर मात्रै खोज्ने गरेको बताएका छन् । पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक मानिसहरू जागिरको मुख ताकेर बस्ने गरेको बताएका हुन् ।
वर्षमा ४ साढे चार लाख मानिसहरू श्रम बजारमा आउने गरेको बताउँदै सरकारी क्षेत्रमा सीमित मात्रै जागिरका अवसर हुने गरेको बताए। ‘हरेक मानिस जागिरको मुख ताकेर बस्छन् । वर्षमा २ ः ४ जना रिटार्यड हुन्छन् । अनि त्यति धेरैलाई कसरी जागिर दिन सकिन्छ’ उनले भने ।
जागिरको पछि नलागी उद्मशीलतामा जोड दिन अनुरोध गरे। अहिलेको आवश्यकता भनेको उद्यमशीलता भएको बताउँदै उनले त्यसका लागि निजी क्षेत्र प्रमुख भएको बताए ।
सरकारले आफ्नो तर्फबाट काम गर्ने बचाउँदै उनले व्यापक रोजगारीका अवसर निजी क्षेत्रबाट मात्रै हुनेमा जोड दिए।
निर्माण व्यवसायीहरूले २० लाख श्रमिक आवश्यकता रहेको बताइरहेका छन्। तर, श्रमिकहरू श्रम नपाएको भनेर बाहिरिने क्रम नरोकिएको समेत बताए । ‘त्यसको कारण काम गरेर जीविका चल्दैन। काम गरेर जीविका चल्ने पैसा पाइँदैन भनी कसरी काम गर्ने। उसको परिवार पालेर पनि बचतको अवस्थामा पुग्नुपर्छ । तर, यता त्यस्तो हुँदैन,’ ओलीले भने।
नेपालमा उद्योग धन्दा चलाउने क्रममा विभिन्न खालका समस्या रहेको बताए । बैङ्कहरू अप्ठ्यारोमा परेकाहरूसँग ऋण असुल्न हतारमा हुने गरेको बताउँदै उनले पहिलालाई व्यवसायीलाई अप्ठ्यारोबाट निकाल्नतिर लाग्नुपर्ने बताए । रोजगार प्रवर्द्धन दशकमा ठोस पाइलाहरू अघि बढाइएकाले ती कदमहरू सही ढङ्गबाट अगाडि बढाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण