बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि
काठमाडौँ । नेपालमा बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि भइरहेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको जनाएको हो ।
हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको फ्यानले जनाएको छ । हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १ हजार १ सय ७४ जनाभन्दा बढी पुष्प व्यवसायीमा संलग्न रहका छन् । यसमध्ये ५३० नर्सरी, ९० कट फ्लावर उत्पादक, १५८ कट फ्लावर खुद्रा व्यवसायी, ६ पुष्प थोक व्यवसायी, २५ ईनपुट सप्लायर्स र ३६५ लुज फ्लावर उत्पादक रहेको फ्यानले जनाएको छ ।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५१ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार रहेको फ्यानको दाबी छ । आर्थिक वर्ष २०७५/७६ मा पुष्पको वार्षिक कारोबार रु.२ अर्ब ४२ करोड रहेकोमा आव ०७७/७८ मा वर्षभरि कोभिड महामारीको कारण पुष्पको व्यवसायीक कारोबारमा कमी आई जम्मा रु. १ अर्ब ६३ करोडमा खुम्चिएको थियो ।
आव २०७८/०८९ मा कोभिडको असर केही कम हुँदा पुष्पको वार्षिक कारोबारमा केहि वृद्धि भएको थियो । आव ०७९/८० मा रु.३ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएकोमा आव २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु.३ अर्ब ६८ करोड भन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ ।
आर्थिक वर्ष ०८०/८१ को भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात कारोबार रु.१ करोड ०२ लाख १२ हजार रहेको भने आयात कारोबार रु.२७ करोड ७९ लाख ०५ हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण