समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे भोलि (मंगलबार) निर्णय लिने भएको छ । आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मंगलबार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने भएको हो ।
मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले कुनै निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी(नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले रातोपाटीलाई बताए ।
‘आज पछिल्लो राजनीतिक अवस्था, राजावादीको सक्रियता लगायत विषयमा अनौपचारिक छलफल भयो । विप्लवजी भ्याली बाहिर हुनुभएकाले कुनै निर्णय भएन । भोलि ४ बजे बस्ने बैठकले प्रतिगमनविरुद्धको आन्दोलन घोषण हुनेछ’, उनले भने ।
अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।
बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको थियो । मोर्चाको छलफलमा माओवादी केन्द्रका अध्यक्षसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण