राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा प्रचण्डले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बिचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’
प्रचण्डले यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए । उनले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।
उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बिचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठुलो निराशा र आक्रोश छ ।’
प्रचण्डले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन