प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीको प्रदर्शनले मन मुटु नहल्लिएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकबाट निस्कने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नमा भने, हाम्रो कुनै मनमुटु हल्लिएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ?’
उनले प्रतिगामीहरूको चलखेल बढेकोमा सरकारले जिम्मेवारी लिनुपर्ने पनि बताए ।
‘सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठुलो निराशा र आक्रोश गर्छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठुलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ ।’
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताए ।
‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन,’ नेपालको भनाइ छ ।
आइतबार पूर्वराजाको समर्थनमा भएको प्रदर्शनले गणतन्त्रवादीको मुटु हल्लिएको राप्रपाका नेताहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण