प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीको प्रदर्शनले मन मुटु नहल्लिएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकबाट निस्कने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नमा भने, हाम्रो कुनै मनमुटु हल्लिएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ?’
उनले प्रतिगामीहरूको चलखेल बढेकोमा सरकारले जिम्मेवारी लिनुपर्ने पनि बताए ।
‘सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठुलो निराशा र आक्रोश गर्छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठुलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ ।’
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताए ।
‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन,’ नेपालको भनाइ छ ।
आइतबार पूर्वराजाको समर्थनमा भएको प्रदर्शनले गणतन्त्रवादीको मुटु हल्लिएको राप्रपाका नेताहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव
-
संस्कारमा खर्च बढे, कानुन छ तर कार्यान्वयन छैन
-
परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?