मन्त्रिपरिषद् बैठक
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
सोमबार, २६ फागुन २०८१, २३ : ०५
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे आज कुनै निर्णय नगरेको एक मन्त्रीले बताए ।
बरु बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको ती मन्त्रीको भनाइ थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको सक्रियताबारे बैठकमा धारणा राखेको ती मन्त्रीको भनाइ थियो । यद्यपि उनले राजावादीको सक्रियताको औचित्य नभएको भन्दै नतिजा निस्कनेगरी काम गर्न निर्देशन दिएका थिए ।
कुलमानको हकमा भने सामान्य चर्चाबाहेक केही नभएको र सम्भवतः अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले आइतबार बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण