ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले संविधानको धारा १ मा संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिए पनि पूर्व राजा शाह र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका हुन् ।
‘पछिल्लो केहीदिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नाम र उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरू भइरहेका छन्’, उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘पञ्चायतकालीन गान गाउने,मुलुकको अहिलेको राष्ट्रिय गानको अवमूल्यन गर्ने किसिमका संविधानविपरीत काम भइरहेका छन् ।’
उनले राजावादीहरूको र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन भइरहेको भन्दै संविधानविपरीतका कामबारे सरकारले नोटिसमा राख्नुपर्ने बताए । ‘लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशतन्त्र हुन सक्दैन । सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न चेतावनी दिन्छु’, बर्तौलाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण