सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
मङ्गलबार, २७ फागुन २०८१, १३ : ५०
काठमाडौँ । सत्तापक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो प्रश्न गरेका हुन् ।
‘सभामुख महोदय यो विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ? नेपाल भूकम्प, बाढीपहिरो र आगलागीजस्ता प्राकृतिक प्रकोपको अत्यन्त जोखिममा छ । यसलाई ध्यानमा राखेर हामीले विपद् व्यवस्थापन प्राधिकरण गठन पनि गर्यौ’, उनले भने, ‘तर यसले राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा पनि लगायौँ तर प्राधिकरण कहाँ छ थाहा छैन ।’
उनले केही महिनाअघिको बाढीपहिरोबाट काठमाडौँ लगायतका क्षतविक्षत भएका स्थानको तत्काल पुनर्निर्माण गर्न माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण