संसदबाट गगनले भने– सरकारले नचाहिने ठाउँमा हात हाल्नु हुँदैन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताएका छन् । उनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको प्रति सङ्केत गर्दै बरु आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ । सरकाले नचाहिने ठाउँमा हात हाल्नुहुँदैन, नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको दुखाउनु हुँदैन । जुन कुरा चलाउनै हुँदैन र आवश्यक नै छैन ।’
थापाले सरकारले कसैलाई काखा र पाखा नगरी कानुन सवका लागि बराबरी हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारले सवै राजनीतिक दल र नागरिकको विश्वास जित्नुपर्ने तथा सहकारी, मानव वेचविखन, क्याम्पस तोडफोड लगायतका घटनामा तिराउने दण्ड जरिवाना पनि निष्पक्ष हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण