‘कर्मा’मा यस्तो छ उपासनाको लुक्स

काठमाडौँ । फिल्म ‘कर्मा’मा उपासना सिंह ठकुरीको लुक्स कस्तो होला ? विपिन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माण पक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् ।
मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् । यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसाबले सुहाउँदो देखिएको छ । उपासनाको क्यारेक्टर बाहेक अन्य खासै केही देखाइएको छैन ।
‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्मको छायांकन दाङ र काठमाडौँमा गरिएको छ । चैत २९ गते रिलिज हुने फिल्ममा विपिन पहिलो पटक एक्सन भूमिकामा देखिँदै छन् ।
फिल्ममा विपिन र उपासनाको अलवा मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्म अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर