लैङ्गिकमैत्री सहर निर्माणका लागि महानगर सचेत छ : उपप्रमुख डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमलाई महानगरले विशेष प्राथमिकतामा राख्ने गरेको बताएकी छिन् ।
महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आएकी एसियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले समतामूलक समाज निर्माण गर्ने, महिलाहरूको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरूलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिइन् ।
लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरूको आर्थिक सशक्तीकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको उनको भनाइ छ ।
उनले भनिन्– 'कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएका छन् । वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेटको व्यवस्था गरिएको छ ।’
छलफलमा अध्यक्ष सासाकीले, काठमाडौँले थालेका प्रयासहरू दक्षिण एसियाली मुलुकहरूका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् ।
फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पुर्याउने र उनीहरूलाई भेला गराएर दक्षिण एसियाली मुलुक स्तरीय समिट आयोजना गर्ने लक्ष्य छ ।
छलफलमा दक्षिण एसियाली मुलुकहरूमा महिलाहरूको नेतृत्व स्थान, आपसी सिकाइ, भोगाइ आदानप्रदान गर्ने अवसरलगायत विषय उठेका थिए ।
,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण