चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
बेइजिङ । चीनले गत वर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी हरियाली बनाउने प्रयासलाई तीव्र पारेको राष्ट्रिय हरित आयोगको प्रतिवेदनले उल्लेख गरेको छ ।
यो सङ्ख्या सन् २०२३ मा प्राप्त ३.९९८ मिलियन हेक्टर वनीकरण भन्दा बढी हो, आयोगले जनाएको छ । चीनले बुधबार आफ्नो ४७ औं राष्ट्रिय वृक्षारोपण दिवस मनायो । प्रतिवेदनले सन् २०२४ मा देशले ३.२२४ मिलियन हेक्टर क्षतविक्षत घाँसे मैदानको पुनर्स्थापना र २७.८३ मिलियन हेक्टर बालुवा र चट्टानी जमिनलाई सुधार गर्ने उल्लेख गरेको छ ।
गत वर्ष चीनको वन तथा चरन उद्योगको उत्पादन मूल्य १०.१७ ट्रिलियन युआन (लगभग १.४२ ट्रिलियन अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.६ प्रतिशतले बढी हो ।
सन् २०२४ मा २.७६ बिलियन पारिस्थितिक पर्यटन यात्राहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण