यस्तो छ ‘कर्मा’मा मुकुनको लुक्स
काठमाडौँ । चैत २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कर्मा’ । निर्माण युनिटले होलीको अवसर पारेर फिल्मका कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा मुकुन तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको सङ्केत गर्छ । लुक्स हेर्दा उनी फिल्ममा खलपात्रको रुपमा रहेको अनुमान गर्न सकिन्छ ।
होलीको अवसरमा क्यारेक्टर लुक्स आएको हो वा फिल्ममै होलीको सिन छ, त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन । केही अगाडि फिल्मको उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो । जहाँ उनी कुर्थासुरुवालमा देखिएकी थिइन् ।
‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन् । दाङ र काठमाडौँमा छायाङ्कन भएको फिल्म एक्सन जनरामा निर्माण भएको हो । फिल्ममा अभिनेता विपिन कार्की पनि एक्सन अवतारमा छन् । विपिन र मुकुनको अलवा उपासना सिंह ठकुरी, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज फिल्मले लिएको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण