जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन
काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्य समिति धनुषाले राजर्षी जनक विश्वविद्यालमा ज्ञापनपत्र बुझाएको छ। बिहीबार ज्ञापन बुझाउँदै विद्यार्थी यूनियनले हालको विज्ञापन खारेज गरी संशोधनसहित समावेशी सिद्धान्त ३ दिनभित्र नया बिज्ञापन प्रकाशित गर्न माग गरेको छ।
विश्वविद्यालयमा प्रथम पटक प्रकाशित विज्ञापन अनुसार करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी सम्बन्धित सूचना प्रकाशित गरेकोप्रति समाजवादी विद्यार्थी युनियन, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ज्ञापनपत्रमा भनिएको छ– ‘ऐतिहासिक मधेश जनबिद्रोहमा सयौँ संख्यामा मधेशी वीर सपुतहरुले सहादत दिएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत सबै नेपालीको समान अवसर र समान पहुँच गर्नका लागि समावेशी सिद्धान्तलाई नेपालको संविधान २०७२ को प्रस्तावनामै सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तको आधार समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको व्यहोरा स्मरणीयार्थ जानकारी गराउन चाहन्छु।’
सोही संविधानको धारा ४ उपधारा १ मा नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रहेको व्यवस्थालाई लत्याएको भन्दै उक्त विज्ञापनप्रति समाजवादी विद्यार्थी यूनियनले आपत्ति जनाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण