जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन
काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्य समिति धनुषाले राजर्षी जनक विश्वविद्यालमा ज्ञापनपत्र बुझाएको छ। बिहीबार ज्ञापन बुझाउँदै विद्यार्थी यूनियनले हालको विज्ञापन खारेज गरी संशोधनसहित समावेशी सिद्धान्त ३ दिनभित्र नया बिज्ञापन प्रकाशित गर्न माग गरेको छ।
विश्वविद्यालयमा प्रथम पटक प्रकाशित विज्ञापन अनुसार करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी सम्बन्धित सूचना प्रकाशित गरेकोप्रति समाजवादी विद्यार्थी युनियन, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ज्ञापनपत्रमा भनिएको छ– ‘ऐतिहासिक मधेश जनबिद्रोहमा सयौँ संख्यामा मधेशी वीर सपुतहरुले सहादत दिएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत सबै नेपालीको समान अवसर र समान पहुँच गर्नका लागि समावेशी सिद्धान्तलाई नेपालको संविधान २०७२ को प्रस्तावनामै सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तको आधार समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको व्यहोरा स्मरणीयार्थ जानकारी गराउन चाहन्छु।’
सोही संविधानको धारा ४ उपधारा १ मा नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रहेको व्यवस्थालाई लत्याएको भन्दै उक्त विज्ञापनप्रति समाजवादी विद्यार्थी यूनियनले आपत्ति जनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान
-
निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, बुधबार पेसी
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए