विद्याको सक्रियता बढ्दै, लुम्बिनी, मधेस र सुदूरपश्चिम यात्राको तयारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चैत महिनाभित्र तीन प्रदेशका विभिन्न जिल्ला भ्रमणमा निस्कने भएकी छन् । एमालेको सक्रिय राजनीतिमा फर्कन ‘वामअर्प’ गरेकी भण्डारीले यसअघि गण्डकी र कोशी प्रदेशका विभिन्न जिल्लाहरू पुगेर एमाले नेता कार्यकर्तासँग भेटघाट र संवाद गरेकी थिइन् ।
धार्मिक र सामाजिक यात्राको नाममा विभिन्न जिल्ला पुग्दा भण्डारीलाई समर्थकहरूले पार्टी राजनीतिमा सक्रिय हुन सुझाव दिएपछि उनी पुन देशभरको माहौल बुझ्न लुम्बिनी, मधेस र सुदूरपश्चिम यात्राको तयारीमा जुटेकी हुन् ।
‘सम्मननीयज्यू तीन वटा प्रदेशको यात्रामा निस्कँदै हुनुहुन्छ’, पूर्वराष्ट्रपतिको सचिवालय सदस्य राजकुमार राईले भने,‘मधेस,सुदूरपश्चिम र लुम्बिनी जाने कुरा छ ।’ तिथि मिति भने तय भइनसकेको राईको भनाइ छ ।
‘तिथि मितिको टुंगो लागिसकेको छैन । केही दिनभित्र टुंगो लाग्छ’, राईले रातोपाटीसँग भने, ‘यात्राको उद्देश्य सामाजिक धार्मिक हो ।’
- राईले यस्तो बताएपनि भण्डारीको भित्री उद्देश्य एमाले
नेता कार्यकर्ताहरूका साथै शुभेच्छुक र समर्थकहरूका कुरा सुन्ने भण्डारीको चाहना रहेको छ ।
नेकपा एमालेभित्र अध्यक्ष ओलीले नै गुटको विकास गरेको भन्दै एकथरी नेताहरू पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउन उक्साइरहेका छन् । भण्डारी स्वयंले भने सक्रिय राजनीतिमा फर्कने-नफर्कने समयले बताउने गरेकी छन् । एमालेका ओली पक्षीय नेताहरूका अनुसार अध्यक्ष ओली भण्डारी पार्टीको सक्रिय राजनीतिमा नआउन् भन्ने चाहन्छन् । सोही कारण उनले पार्टी बैठकमै भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोज्ने नेताहरूप्रति संकेत गर्दै आवश्यक परे आफै सल्लाह गर्ने जवाफ दिएका थिए ।
तर, एमालेमा ओलीका कारण पार्टीमा गुटबन्दी गरेको र पार्टीमा असन्तुष्टि बढेको भन्दै केही नेताहरूले एमालेलाई एक ढिक्का राख्न पनि भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने बताउँदै आएका छन् ।
- विद्या पार्टी अध्यक्ष ओली राष्ट्रपति
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चासँगै एमालेभित्र भावी पार्टी नेतृत्व र सत्ताको नेतृत्वबारे चर्चा हुन थालेको छ ।
श्रोतका अनुसार विद्याको सक्रियतासँगै एमालेका केही नेताहरूले उनी एमालेको सक्रिय राजनीतिमा आए ओलीको हैसियत के हुने भन्नेसम्मको चर्चा हुन थालेको छ । कतिपयले विद्या एमालेको नेतृत्वमा आउँदा ओलीको राजनीति समाप्त हुने ठानेका छन् । तर ओली र विद्या दुवै निकटस्थहरूका अनुसार विद्या एमालेको सक्रिय राजनीतिमा आउँदा ओलीकै सहमतिमा आउनेछिन् ।
‘जजसले जे जे भनेपनि विद्या कमरेड एमालेको सक्रिय राजनीतिमा आउँदा ओलीकै सहमतिमा आउने हो’, ओलीनिकट एक नेताले भने, ‘बाहिर विद्या र ओलीबिच असमझदारी छ भनेर जति हल्ला भएको छ भित्र त्यस्तो छैन ।’
विद्या निकट एमालेका एक पोलिटब्युरो सदस्य पनि यो कुरा स्वीकार गर्छन् । उनी भन्छन्, ‘बाहिर जति हल्लाहरू भएका छन् । भित्र त्यो भन्दा फरक स्थिति हो । किनभने यदि विद्या कमरेड एमालेको सक्रिय राजनीतिमा आउने अवस्थामा ओलीका लागि भावी राष्ट्रपति सुनिश्चित गर्नेगरी सहमति हुनसक्छ ।’
ती नेताका अनुसार विद्या एमालेमा सक्रिय राजनीतिमा फर्कँदा उनी एमालेको अध्यक्ष मात्र सम्हाल्ने छन् ।
‘त्यो अवस्थामा विद्याले पार्टी अध्यक्ष सम्हाल्ने र ओली राष्ट्रपति बन्ने अवस्थाबारे विश्लेषण गरेर मात्र परिस्थिति बदलिन सक्छ’, ती नेताको भनाई छ । ती नेताको दाबी अनुसार विद्या ओलीबिच पनि यसबारेमा छलफल भइसकेको छ । तर, त्यसका आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउन जरुरी रहेको र सोही अनुसार पार्टी पङ्क्ति परिचालन गर्नुपर्नेमा दुई नेता लगभग सहमत भएका छन् ।
‘एकले अर्कालाई बाइपास गर्ने अवस्था छैन’, ओली र विद्यानिकट रहेका एक नेताले भने, ‘पछिल्लो समय ओली कमरेडसँग नेताहरू अलि बढी चिढिएका कारण पनि २०८४ को चुनाव अघि विद्यालाई पार्टी नेतृत्वको जिम्मा दिएर माहौल ल्याउन सकिन्छ भन्ने बुझाई छ ।’
त्यसबाहेक विद्याले पार्टीको नेतृत्व गरेको खण्डमा माओवादी र नेकपा एकीकृत समाजवादीसँग समेत एमालेको एकता हुनसक्ने सम्भावनाका बारेमा नेताहरूबिच संवाद हुने गरेको छ ।
माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूले समेत ओलीबाहेक एमालेको नेतृत्वमा आउँदा पार्टी एकता गर्न सकिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज