काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली
बिहीबार, २९ फागुन २०८१, २१ : २६
काठमाडौं । गजलकार गुलाम अली नेपाल आएका छन् ।
शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।
‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रम साधना कला केन्द्रले आयोजना गर्न लागेको हो । अली ११ सदस्यीय ब्यान्डसहित दुबई हुँदै नेपाल आइपुगेका बताइएको छ।
अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन् । अलीसँगै उनका छोरा अमिर र नाति नाजिरले पनि कार्यक्रममा प्रस्तुति दिनेछन् ।
उनका ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ लगायत गीत चर्चित छन् । त्यस्तै उनले गायका 'गाजलु ती ठुला ठुला आँखा', 'किन किन तिम्रो तस्बिर', 'लोलाएका ती ठुला तिम्रा दुई नजर', 'के छ र दिऊँ तिमीलाई मैले' लगायत गीत कालजयी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण