काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली
बिहीबार, २९ फागुन २०८१, २१ : २६

काठमाडौं । गजलकार गुलाम अली नेपाल आएका छन् ।
शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।
‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रम साधना कला केन्द्रले आयोजना गर्न लागेको हो । अली ११ सदस्यीय ब्यान्डसहित दुबई हुँदै नेपाल आइपुगेका बताइएको छ।
अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन् । अलीसँगै उनका छोरा अमिर र नाति नाजिरले पनि कार्यक्रममा प्रस्तुति दिनेछन् ।
उनका ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ लगायत गीत चर्चित छन् । त्यस्तै उनले गायका 'गाजलु ती ठुला ठुला आँखा', 'किन किन तिम्रो तस्बिर', 'लोलाएका ती ठुला तिम्रा दुई नजर', 'के छ र दिऊँ तिमीलाई मैले' लगायत गीत कालजयी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
-
पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
-
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बन्धक
-
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
-
वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री