त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघले तालाबन्दी गरेकोप्रति दुई विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन्। नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी र अनेरास्ववियू त्रिवि अध्यक्ष समीर गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै प्रिन्सिपल कार्यालयमा गरिएको तालाबन्दी प्रति आपत्ति जनाएका हुन्।
स्ववियु निर्वाचनका लागि निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवारी दर्ता भएर अन्तिम नामावली प्रकाशित भैसकेको अवस्थामा नेविसंघले प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको थियो । नेविसंघ आन्तरिक विवादका कारण नेविसंघ कै त्रिवि सभापति विष्णु बडैलासहितका नेता कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन् ।
तालाबन्दीलाई देखाएर निर्वाचनको बाँकी प्रक्रिया रोकेको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विश्वविद्यालयका विद्यार्थीले उत्सव मानिरहेको स्ववियु निर्वाचन रोक्न नेविसंघ संस्थागत तवरले लाग्नु खेदजनक भएको उनीहरूको भनाइ छ । विद्यार्थीको अधिकार कुण्ठित नगर्न र ताला अविलम्ब खोल्न अनुरोध गरेका छन्।
विश्वविद्यालयको तर्फबाट समेत अविलम्ब चुनावी गतिविधि अगाडि बढाउन माग गरेका छन्। विद्यार्थीको हक अधिकार वञ्चित गराउन विश्वविद्यालयका केही विद्यार्थी सङ्गठन र पदाधिकारीको भूमिका देखिएको उनीहरूको आरोप छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण