बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई

शुक्रबार, ०१ चैत २०८१, ०० : ३१
शुक्रबार, ०१ चैत २०८१

खोटाङ । पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरूष फुटबलको उपाधि हलेसी तुवाचुङ नगरपालिका-७ महहादेवस्थानले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित क्लबको खेलमैदानमा सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३-० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि प्राप्त गरेको हो । 

प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निकै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरूद्ध कुनै पनि गोल फर्काउन नसक्दा उपाधि चुम्नबाट चुकेको हो । 

प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले एक लाख ३३ हजार तीन सय ३३ तथा उपविजेता केएफएले नगद ७१ हजार एक सय ११ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए ।  प्रतियोगिताका सेमी फाइनलिष्ट दुई टिम आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही ३५ हजार पाँच सय ५५ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

फागुन २४ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । २०७२ मा नगरकप सञ्चालन गरेको सोल्मा स्पोर्टस् क्लबले दोस्रो वर्षदेखि खुला पुरूष अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सञचालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?