उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् । उनी र किम जोङ उनबिच अझै पनि राम्रो सम्बन्ध रहेको उनले बिहीबार भनेका हुन् ।
दुई देशबिच पहिले नै धेरै शिखर सम्मेलनहरू भइसकेका भन्दै ट्रम्पले फेरि एक पटक किम जोङलाई आणविक शक्तिको रूपमा उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे । के उनी किमसँग सम्बन्ध पुनर्स्थापित गर्ने योजनामा छन् ? भनेर ट्रम्पलाई सोधिएको थियो । यसको जवाफमा ट्रम्पले किम र आफूबिच निकै राम्रो सम्बन्ध रहेको र अब के हुन्छ भनेर हामी हेर्नेछौँ भनेका थिए ।
तर, उत्तर कोरिया निश्चित रूपमा एक आणविक शक्ति भएकोमा पनि ट्रम्पले जोड दिएका थिए । जनवरी २० मा आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै ट्रम्पले उत्तर कोरियालाई आणविक शक्ति राष्ट्र भनेका थिए । यसपछि ट्रम्पले आणविक हतियार हटाउनुको सट्टा हतियारको सङ्ख्या घटाउनेबारे पो प्योङयाङसँग वार्ता गर्ने हुन् कि भनेर प्रश्नहरू उब्जिएका थिए ।
रुस र चीनको आणविक हतियार भण्डारको उल्लेख गर्दै यी दुवै देशले आणविक हतियारको सङ्ख्या घटाउन माने यो नै ठुलो उपलब्धि हुने ट्रम्पले बताएका थिए । भारत, पाकिस्तान र आणविक हतियार भएका अन्य देशहरूलाई पनि यस प्रक्रियामा संलग्न गराउन आवश्यक हुने उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण