अभिनेत्री भाग्यश्री घाइते
शुक्रबार, ०१ चैत २०८१, १३ : ४७
मुम्बई । बलिउड अभिनेत्री भाग्यश्री घाइते भएकी छन् । पिकबल खेल्दा उनको टाउकोमा गहिरो घाउ लागेको हो । भारतीय सञ्चार माध्यम इन्डियन डेल्लीका अनुसार उनको टाउकोमा लागेको चोटमा सर्जरी मार्फत १३ टाँका लगाइएको छ ।
समाचारमा सार्वजनिक तस्बिरमा उनी अस्पतालको बेडमा सुतिरहेकी देख्न सकिन्छ । भाग्यश्रीले सलमानसँग सन् १९८९ मा आएको फिल्म ’मेंने प्यार किया’ बाट डेब्यू गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेको थियो । तर विवाहपछि उनी फिल्म क्षेत्रबाट टाढिइन् ।
उनी केही महिनाअघि काठमाडौँमा बाँडिएको भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा सहभागी हुन नेपाल आएकी थिइन् । उनको साथमा रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी लगायत समेत सहभागी थिए । उनी पछिल्लो समय फिल्म ‘थलाइवी’ र ‘राधे श्याम’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण