राजावादीको प्रदर्शनले झस्केका छैनौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको प्रदर्शनले आफूहरू झस्केको नभई गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको जानकारी दिएका छन् ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभई मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आम नेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे ।
समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत्र १५ गते काठमाडौँमा विरोध प्रदर्शन सहितको जनसभा आयोजना गर्ने जनाएको छ । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना र भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त भएको मोर्चाको भनाई छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको मोर्चाको ठहर छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पुँजीवादी व्यवस्थालाई परिवर्तन गर्नुपर्ने भन्दै सामन्तवादको व्यवस्थामा भने फर्कन नहुने जिकिर गरे । व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर नभई अग्रगमनतिर आउन उनले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण