अब सवारीसाधनबाट सडकमा फोहोर फ्याँके जरिवाना गर्ने तयारी
शनिबार, ०२ चैत २०८१, १८ : ४६
काठमाडौँ । अब सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा यात्रु, चालक तथा सहचालकलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।
यसअघि यस्तो व्यवस्था थिएन । अब भने सवारी साधनबाट फोहोर सडकमा फ्याँकेमा फ्याँक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरेको छ ।
साथै धूम्रपान गर्दै सवारी चलाएमा चालकलाई एक हजार जरिवाना लाग्ने प्रस्तावित विधेयकमा उल्लेख छ । यसै गरी मोबाइल फोन प्रयोग गर्दै सवारी चलाए पनि एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण