आइजीपी कप क्रिकेट : मधेस प्रदेश विजयी
काठमाडौँ । प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ । नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।
उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु सङ्गठनका निम्ति गौरवको विषय भएको बताए । गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण