ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने
आइतबार, ०३ चैत २०८१, १२ : १५
काठमाडौँ । अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।
यसअघि सामान्य कारबाही हुने गरेता पनि यति ठुलो जरिवानाको व्यवस्था भएको थिएन । काठमाडौँ उपत्यकामा सवारी साधनमा ढोका लगाउन नमिल्ने अवस्थासम्म यात्रु खचाखच पारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसरी ढोका खुला राखेर सवारी चलाउँदा यात्रु लडेर थुप्रै दुर्घटना भएको पाइन्छ ।
त्यस्तै अवस्था ठिक नभएको सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना हुने समेत उल्लेख छ । निषेधित क्षेत्र र समयमा सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण