पोखरामा दिनदाहाडै खुँडा प्रहार, एकजना पक्राउ
सोमबार, ०४ चैत २०८१, ११ : ५६

पोखरा । पोखरामा दिनदाहाडै खुँडा प्रहार भएको छ । पोखरा १८ सेदीमा खुँडा प्रहार गरी भागेका एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पोखरा–१७ विरौटाका मनिष ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निजले गत शनिबार एक २० वर्षे युवकलाई प्रहार गरेका थिए । घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेकोे छ ।
पक्राउ परेका मनिषलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु