१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि
काठमाडौँ । नेपाल व्यायाम मन्दिरको आयोजनामा चैत्र ७ गतदेखि काठमाडौँमा १७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै १७ औँ धर्मश्री तथा पूर्व मेयर पीएल सिंह शारीरिक सुगठन प्रतियोगिता चैत ७ देखि ९ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगिता अन्तर्गत चैत ७ गते वेइङ, चैत ८ र ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । पुरुष बडिबिल्डिङको रूपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुने उनले बताए ।
धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र पुरुष एथ्लेटिक्स फिजिक अन्डर, महिला बडिबिल्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुने अध्यक्ष प्रधानले जानकारी दिए । धर्मश्री विजेताले १२ लाख दोस्रो हुनेले ६ लाख तथा तेस्रोले ३ लाख पाउने वरिष्ठ उपाध्यक्ष अजय बज्राचार्यले जानकारी दिए ।

त्यस्तै पुरुष फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख र तेस्रोले ७० हजार पाउने बज्राचार्यले बताए । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको कुल अनुमानित लागत रु १ करोड रहेको नेपाल व्यायाम मन्दिरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण