लो स्कोरिङ खेलमा लुम्बिनीसामु टिकेन मधेस
लमही । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ८३ रनले हराएको छ । जितका लागि १ सय ५९ रनको लक्ष्य पाएको मधेसले २६.५ ओभरमा सबै विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । त्यस्तै, हरिशंकर साहले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । मधेसलाई सस्तोमा समेट्न रमेश कुर्मी र ब्रिपासन केसीले घातक बलिङ गरे । कुर्मीले १० ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । केसीले ५ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । देव खनाल र अजय चौहानले १–१ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । टोलीका लागि आकाश त्रिपाठीले अर्धशतक बनाए । उनले १२३ बलको सामना गर्दै ७३ रन जोडे । यस क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे ।
कृष्ण कार्कीले ५३ बलमा ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । कप्तान देव खनालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतियोगितामा लुम्बिनीको चौथो जित हो । टोलीले एक मात्र खेल नेपाल पुलिस क्लबसँग हारेको छ । उता मधेस प्रदेशले ४ खेलमा मात्र १ खेल जित्न सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण