सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित

काठमाडौं । लैनचौस्थित अमृत साइन्स क्याम्पसमा मंगलबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । अर्को सूचना नभएसम्म चैत ५ गतेको पूर्व निर्धारित निर्वाचन स्थगित भएको भन्दै क्याम्पस प्रशासनले सूचना टाँस गरेको छ ।
निमित्त क्याम्पस प्रमुख हाेम बहादुर बानियाँले जारी गरेको सूचनामा चैत ५ गतेदेखि क्याम्पसकोृ नियमित पठनपाठन हुने उल्लेख छ । चुनावको अन्तिम तयारीका दौरान केही विद्यार्थी संगठनले शर्तबमोजिम निर्वाचन हुनुपर्ने भनी तालाबन्दी गरेकामा पछि परिस्थिति विग्रिएर विद्यार्थी, निर्वाचन समिति र क्याम्पस प्रशासनको समेतको सुरक्षा चुनौती बढेको भन्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नु परेको कारण दिइएको छ ।
यस्तै, चैत ६ गते मनोनयन दर्ता गरेका विद्यार्थी संगठनको संयुक्त बैठक बसेर बाँकी निर्वाचन प्रक्रियाबारे टुंगो लगाइने सूचनामार्फत क्याम्पस प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते