इजरायली सेनाकाे आक्रमणबाट गाजा पट्टीमा ३४ प्यालेस्टिनी मारिए
काठमाडौँ । इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३४ प्यालेस्टिनी मारिएको बीबीसीले उल्लेख गरेको छ । सो आक्रमणमा कम्तीमा ७० जनाभन्दा बढी घाइते भएका छन्।
इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठुलो लहर हो।
चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्ट अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहलाई लक्षित गरेर आक्रमण भएका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्ति अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएका थिए।
हामसले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेकोले आक्रमणलाई निरन्तरता दिइएको इजरायलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण