कान्स फिल्म अवार्ड विजेता अभिनेत्री एमिली डिक्वेन ४३ वर्षको उमेरमा निधन

ब्रसेल्स । कान्स फिल्म अवार्ड विजेता बेल्जियमकी अभिनेत्री एमिली डिक्वेनको ४३ वर्षको उमेरमा निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिइन् । १९९९ मा केवल १८ वर्षको उमेरमा ‘रोसेटा’का सर्वश्रेष्ठ अभिनेत्रीको लागि कान्स फिल्म अवार्ड प्राप्त गरेर उनी चर्चामा आएकी थिइन् ।
२०१२ मा ‘ए पेड्र्रे ला रायसन’को लागि उनले पुनः कान्स फिल्म अवार्ड जितिन् । धेरै चलचित्रहरूमा अभिनय गरेबापत उनले विभिन्न प्रतिष्ठित पुरस्कारहरू पनि पाएकी छिन् । उनले सुरुमा फ्रान्सेली भाषाका चलचित्रहरूमा काम गरिन् । डेक्यून २०१४ मा बीबीसीको टिभी नाटक ‘द मिसिङ’मा एक प्रहरी अधिकारीको भूमिकामा देखा परेकी थिइन् ।
किशोरी केटीको संघर्षको मर्मस्पर्शी कथामा आधारित फिल्म रोसेटा डिक्वेनको पहिलो स्क्रिन भूमिका थियो । एमिली पहिले एउटा खाद्य कारखानामा काम गर्थिन । जागिर गुमाएर बेरोजगार बसिरहँदा उनलाई रोसेटामा खेल्ने प्रस्ताव आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न