कान्स फिल्म अवार्ड विजेता अभिनेत्री एमिली डिक्वेन ४३ वर्षको उमेरमा निधन
ब्रसेल्स । कान्स फिल्म अवार्ड विजेता बेल्जियमकी अभिनेत्री एमिली डिक्वेनको ४३ वर्षको उमेरमा निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिइन् । १९९९ मा केवल १८ वर्षको उमेरमा ‘रोसेटा’का सर्वश्रेष्ठ अभिनेत्रीको लागि कान्स फिल्म अवार्ड प्राप्त गरेर उनी चर्चामा आएकी थिइन् ।
२०१२ मा ‘ए पेड्र्रे ला रायसन’को लागि उनले पुनः कान्स फिल्म अवार्ड जितिन् । धेरै चलचित्रहरूमा अभिनय गरेबापत उनले विभिन्न प्रतिष्ठित पुरस्कारहरू पनि पाएकी छिन् । उनले सुरुमा फ्रान्सेली भाषाका चलचित्रहरूमा काम गरिन् । डेक्यून २०१४ मा बीबीसीको टिभी नाटक ‘द मिसिङ’मा एक प्रहरी अधिकारीको भूमिकामा देखा परेकी थिइन् ।
किशोरी केटीको संघर्षको मर्मस्पर्शी कथामा आधारित फिल्म रोसेटा डिक्वेनको पहिलो स्क्रिन भूमिका थियो । एमिली पहिले एउटा खाद्य कारखानामा काम गर्थिन । जागिर गुमाएर बेरोजगार बसिरहँदा उनलाई रोसेटामा खेल्ने प्रस्ताव आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण