स्ववियु निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेतापनि २ घण्टा ढिलो मतदान सुरु गरिएको निर्वाचन प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेकोले बिहानदेखि नै मतदानको कार्यक्रम राखिएको छ । ९ वटा मतदान स्थलबाट मतदान सुरु भएको छ ।
लगभग १६ वर्ष पछाडि ठाकुरराम क्याम्पसमा निर्वाचन हुँदै छ । त्यसकारण यो पटकको निर्वाचनमा धेरै उत्साह देखिएको छ । स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।
ठाकुरराम क्याम्पसमा आज हुने निर्वाचनमा १० हजार ७ सय २९ मतदाताले भाग लिँदै छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण