हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित
मकवानपुर । मकवानपुर स्थित हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा अनेरास्ववियुको तर्फबाट अभि मैनाली निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् ।
उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका दीपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् । मैनाली दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।
सचिव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरूमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् ।
साथै समानुपातिक तर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण