काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
बुधबार, ०६ चैत २०८१, ०७ : १६
मकवानपुर । काभ्रेको काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ ।
नेकपा एमाले निकट अनेरास्वियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई १५३ मतले हराउँदै सभापतिमा नेविसंघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् ।
पराजुलीले २७२ मत र गौतमले ११९ मत ल्याएका थिए । सो क्याम्पसमा कुल ५४१ मत मध्ये ३९६ मत खसेको थियो ।
सचिवमा नेविसंघकौ तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वियूका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् ।
काभ्रे क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले गठबन्धन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण