विद्यालयस्तरको एकदिवसीय क्रिकेटमा बंगलादेशी खेलाडी मुस्तकिमले बनाए अविजित ४०४ रन !
काठमाडौँ । बंगलादेशमा आयोजित विद्यालयस्तरको एक आधिकारिक क्रिकेट प्रतियोगितामा मुस्तकिम होलादारले गजबको कीर्तिमान बनाएका छन् । क्याम्ब्रियन स्कुलको टोलीबाट खेल्ने मुस्तकिमले एकदिवसीय क्रिकेटमा अविजित चार सय चार रनको पाली खेलेर धेरैलाई आश्चर्यमा पारेका छन् ।
जिल्लास्तरीय अन्तरविद्यालय प्रतियोगितामा अविजित चार सय चार रन बनाउने क्रममा उनले २२ छक्का र ५० चौका प्रहार गरेका थिए । बंगलादेशी सञ्चारमाध्यमले जनाए अनुसार, उनले तीन सय ३२ रन त छक्का र चौकाबाट मात्र बटुलेका थिए । उनी बंगलादेशमा विद्यालयस्तरको मान्यताप्राप्त एकदिवसीय क्रिकेटको एउटै खेलमा चार सयभन्दा बढी रन बनाउने पहिलो खेलाडी बनेका छन् । मुस्तकिम नौ कक्षामा अध्ययरत विद्यार्थी हुन् । यो खेल ढाका विश्वविद्यालयको क्रिकेट मैदानमा खेलिएको थियो ।
मुस्तकिम लगातार चार घण्टा २० मिनेटसम्म क्रिजमा डटेका थिए । एक सय ७० बलको सामना गरेका थिए । उनको स्ट्राइक रेट २३७ भन्दा बढी थियो । मुस्तकिमले कप्तान सोआद परवेजसँग मिलेर ६ सय ९९ रनको साझेदारी गरेका थिए ।
उक्त खेलमा कप्तान परवेजले पनि एक सय २४ बलमा अविजित दुई सय ५६ रन बनाएका थिए । खेलका क्रममा परवेजले पनि १३ छक्का र ३२ चौका प्रहार गरे । उक्त खेलमा क्याम्ब्रियन स्कुलले सात सय ७० रन बनाएको थियो ।
उक्त खेलमा क्याम्ब्रियन स्कुलले आफ्नो प्रतिद्वन्द्वी सेन्ट ग्रिगोरीको टोलीलाई सात सय ३८ रनको विशाल अन्तरले हराएको थियो । सेन्ट ग्रिगोरीको टोली ११।२ ओभरमै केवल ३२ रन बनाउँदै अलआउट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण