‘मेकिङ नेताजीहरू, अनमेकिङ अफ नेपाल’
बुधबार, ०६ चैत २०८१, १४ : ०६
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा भएका विभिन्न आन्दोलनहरूमार्फत नेताहरू स्थापित भएको तर जनता विस्थापित भएको बताएका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथिको छलफलमा भाग लिनुअघि सांसद सिंहले बिहार र लालु यादवको उदाहरण दिँदै यस्तो बताएका हुन् ।
‘हामीले विभिन्न आन्दोलन गरेर नेताजीहरू स्थापित गर्यौ, जनता स्थापित भएनन्, विस्थापित भए । मैले पीएचडी (विद्यावारिधि) गर्दा एउटा किताब पढेको थिएँ, ‘मेकिङ अफ लालु यादव, अनमेकिङ विहार’, ठ्याक्कै त्यस्तै मेकिङ अफ नेताजीहरू, जो बिचौलियामार्फत प्रधानमन्त्री र मन्त्री बन्नुभएको छ (अनमेकिङ अफ नेपाल) यसबारे म चाँडै किताब लेख्छु’, सिंहको भनाइ छ ।
उनले सरकारसँग बिमाको रकम ३ अर्ब भए पनि १७ अर्बको दायित्व किन थपिएको भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण