‘मेकिङ नेताजीहरू, अनमेकिङ अफ नेपाल’
बुधबार, ०६ चैत २०८१, १४ : ०६

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा भएका विभिन्न आन्दोलनहरूमार्फत नेताहरू स्थापित भएको तर जनता विस्थापित भएको बताएका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथिको छलफलमा भाग लिनुअघि सांसद सिंहले बिहार र लालु यादवको उदाहरण दिँदै यस्तो बताएका हुन् ।
‘हामीले विभिन्न आन्दोलन गरेर नेताजीहरू स्थापित गर्यौ, जनता स्थापित भएनन्, विस्थापित भए । मैले पीएचडी (विद्यावारिधि) गर्दा एउटा किताब पढेको थिएँ, ‘मेकिङ अफ लालु यादव, अनमेकिङ विहार’, ठ्याक्कै त्यस्तै मेकिङ अफ नेताजीहरू, जो बिचौलियामार्फत प्रधानमन्त्री र मन्त्री बन्नुभएको छ (अनमेकिङ अफ नेपाल) यसबारे म चाँडै किताब लेख्छु’, सिंहको भनाइ छ ।
उनले सरकारसँग बिमाको रकम ३ अर्ब भए पनि १७ अर्बको दायित्व किन थपिएको भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते